बागलुङमा भिषण वर्षापछि गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बागलुङमा भिषण वर्षापछि गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु

baglum pahiro

बागलुङ, १२ असार । बागलुङमा भिषण वर्षापछि गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ ।

बरेङ गाउँपालिका–१ स्थित धुल्लुबाँस्कोटमा पहिरोले घर बगाउँदा ४० वर्षीय विष्णुबहादुर क्षेत्री, क्षेत्रीकी श्रीमती विष्णुमाया र छ महिने छोरी सोनियाको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । प्रहरीले पहिरोमा पुरिएका तीनै जनाको शव निकालेको छ ।

मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा गाउँ बाहिर रहेको बताइएको छ । रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका–२ स्थित हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त भएको छ । हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासीले बताएका छन् । पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);