सरकारद्वारा (एसईई) नतिजा प्रकाशनमा भएको प्राविधिक त्रुटी पत्ता लगाउन छानविन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारद्वारा (एसईई) नतिजा प्रकाशनमा भएको प्राविधिक त्रुटी पत्ता लगाउन छानविन समिति गठन

see

काठमाडौं, १२ असार । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशनमा देखिएको त्रुटी सम्बन्धमा छानविनका लागि समिति गठन गरेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले एसईईको परीक्षाफल प्रकाशनका क्रममा भएको प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डाक्टर तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल सदस्य छन् । समितिलाई छानविन प्रतिवेदन पेश गर्नका लागि पाँच दिनको समय दिइएको मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);