एसईईको नतिजा सार्वजनिक गर्दा परीक्षा नियन्त्रकले लापर्वाही गरेको छानविन समितिको ठहर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एसईईको नतिजा सार्वजनिक गर्दा परीक्षा नियन्त्रकले लापर्वाही गरेको छानविन समितिको ठहर

see

काठमाडौं, १८ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशनमा लापर्बाही गरेको देखिएपछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी कार्बाहीस्वरुप मन्त्रालय तानिएका छन् ।

शिक्षा मन्त्रालयले छानविन समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रक रेग्मीलाई कार्बाहीस्वरुप मन्त्रालय तानेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिवेदन विस्तृतरुपमा अध्ययन गरेपछि नियन्त्रक रेग्मीमाथि थप कार्बाही गर्ने बताए । छानबिन समितिको मन्त्री पोखरेलसमक्ष आइतबार बुझाएको प्रतिवेदन गोप्य राखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले असार ९ गते सार्वजनिक गरेको नतिजामा ९ हजार विद्यार्थीको ग्रेड पोइन्ट एभरेज (जीपीए) र ग्रेडसिट संशोधन गरिएको थियो । रेग्मीको स्थानमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);