रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते

bus accident

काठमाडौं, १८ असार । रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ स्थित पितिबाङ खोलामा आज विहान  दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, सल्यानको त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार र रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ का २५ वर्षीय करण बुढालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

अन्य घाइतेको भने जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);