रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो ।

भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए  ।

दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी- ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);