रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम, १३ मंसिर। रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।शुक्रबार राति आठबीसकोट नगरपालिका–७ को पोखरामा रा १ ज ५८९ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपाली रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको उपचारका लागि राति नै जिल्ला अस्पताल पठाइएको प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);