नेपाल उद्योग वाणिज्य महासंघकाे मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघकाे मतदान जारी

काठमाडौं,१३ मंसिर। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो ।

बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौं तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बेंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान जारी छ ।

कोरोना संक्रमित मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुनेछ भने वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव हुन लागेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);