उद्योग वाणिज्य महासंघकाे निर्वाचनको सम्पूर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

उद्योग वाणिज्य महासंघकाे निर्वाचनको सम्पूर्ण तयारी पुरा

nepal udhayog banijya mahasangh

काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभएको छ । महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ ।

जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले बताउनुभयो । यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । निर्वाचन विहान ८ बजेदेखि शुरु हुनेछ । यस्तै शनिबार राती नै मत गणना सम्पन्न गर्ने गरी तयारी भइराखेको पनि उहाँले बताउनुभयो । 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै हुनुहुन्छ । बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिनु भएको छ । यस्तै वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ ।

जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिनुभएको छ भने एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र शौरभ ज्योति प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले दुई सदस्य निर्विरोध भएको घोषणा गरिसकेको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);