नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनः मतगणना कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनः मतगणना कार्य जारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य अहिले जारी रहेको छ ।
नयाँ नेतृत्वका लागि काठमाडौंमा सम्पन्न मतदान प्रक्रियापश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना शुरु गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्वाचनमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदहरूको अन्तिम मतपरिणाम प्राप्त भएलगत्तै नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply