नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन : कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन : कसले मार्ला बाजी ?

काठमाडौं, ६ मंसिर । पटक पटक घोषणा हुँदै रोकिंदै आएको उद्योगी ब्यवशायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र नयाँ कार्यसमितीको निर्वाचन मिती आगामी मंगसिर ११, १२ र १३ लाई तोकिएको छ । महासंघमा रहेको भवानी राणा नेतृत्वको कार्य समितीकमो पदावधी ९ महिना अगावै समाप्त भएको भए पनि कोरोना महामारीका कारण यस अघिका दुई वटा प्रस्तावित मितीमा निर्वाचन सम्पन्न हुन सकेको थिएन । तेश्रो पटक तोकिएको मितीमा भने साधारण सभा र निर्वाचन सम्पन्न हुने सम्भावना बढेर गएको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको महासंघको आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालका लागि स्वतःअध्यक्ष बन्ने भएकाले नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका ६४ वटा पदमा निर्वाचन हुँदै छ । एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर, वस्तुगत तथा एशोसिएट्स समूहबाट १-१ जना समेत गरी कुल ३ जना विषयगत उपाध्यक्षहरु तथा बाँकी ६० जना कार्यसमिति सदस्य समेत गरि पदाधिकारी र सदस्य समेत ६४ जनाको निर्वाचन हुन लागेको हो ।

कार्यसमितिमा जिल्ला-नगर तर्फबाट १८ जना, वस्तुगत संघ समूहबाट १४ जना, एशोसिएट्स समूहबाट १९ जना, द्विराष्ट्रिय संघका तर्फबाट १ जना, संस्थापक सदस्यहरुबाट १ जना तथा प्रत्येक प्रदेशको तर्फबाट १।१ जना कार्यसमितिमा प्रतिनिधित्व गर्ने गरि ६० जना सदस्यको निर्वाचन हुँदै छ । यी पदहरुका लागि कुल १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेश १ र द्विराष्ट्रिय समूहबाट प्रतिनिधित्व गर्ने १ जना समेत गरी २ कार्यसमिति सदस्य भने निर्विरोध भईसकेका छन् ।

यो चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघमा आबध्दसबै समूहका प्रतिनिधिले मतदान गर्छन् भने अन्य ६३ पदका लागि समुहगत मतदान हुने ब्यवस्था छ । महासंघ निर्वाचन समितिबाट उपलब्ध तथयांक अनुसार हाल महासंघमा १ सय ७ वटा उद्योग वाणिज्य संघ, १०१ वटा वस्तुगत संघ, ९ सय २३ जना एशोसिएट्स सदस्य तथा संस्थापक तथा द्विराष्ट्रिय संघका तर्फबाट १२-१२ जना समेत गरी कुल २४ वटा संस्थाका प्रतिनिधिको मताधिकार सुनिश्चित गरिएको छ । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको निर्वाचन प्रयोजनका लागि द्विराष्ट्रिय संघका सदस्यहरुलाई एशोसिएट्स समूह तथा संस्थापक सदस्यलाई जिल्ला, नगर समूहमा अन्तर्गत राखिएको छ ।

निर्वाचित हुने कार्यसमितिका सदस्य मध्येबाट पनि एशोसिएट्स उपाध्यक्ष रोजगारदाता परिषद्को संयोजक हुने ब्यवस्था छ । यसैगरि वस्तुगत उपाध्यक्ष वस्तुगत परिषद् तथा जिल्ला, नगरतर्फका उपाध्यक्ष उद्योग वाणिज्य परिषद्को संयोजक हुनेछन् । १७ वटा विषयगत समिति तथा ४ वटा मञ्चमा हुने प्रतिनिधित्व भने कार्यकारिणी समितिले निर्धारण गरेबमोजिम हुनेछ । सो समितिले नै निर्वाचित सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष तोक्नेछ । उपाध्यक्षभन्दा माथिल्लो हैसियत रहने एक जना विशिष्ठ सदस्य र अन्य ५ जना कार्यकारिणी सदस्यको मनोनयन समेत नयाँ कार्यसमितिले गर्नेछ । निवर्तमान अध्यक्ष भने अध्यक्षपछिको वरियताको सदस्य स्वतः हुने व्यवस्था छ ।

तेश्रो पटक तोकिएको निर्वाचन नजिकिँदै गर्दा महासंघमा प्रतिनिधित्व गर्ने मतदाताको झुकाव पनि प्रकट हुन थालेको छ । जिल्ला, नगरतर्फबाट चुनिएर आएका प्रतिनिधिहरु आफ्नो पक्षमा विस्तारै खुल्न थालेका छन् । निर्वाचनका लागि एक हप्ताको समय पनि नरहेको अहिलेको स्थिती हेर्दा वरिष्ठ उपाध्यक्ष पदमा कसको पोल्टामा पर्ने हो भन्ने यकिन गर्ने वाताव।उा भने अझै बनि सकेको छैन । यद्यपी समुहनै बनाएर निर्वाचनमा होमिएका वरिष्ठ उपाध्यक्षका दुई दावेदार चन्द्र ढकाल र किशोरकुमार प्रधान मध्ये कुन समुहले मतदातालाई आफ्नो पक्षमा तान्न सक्दछन, चुनावि नतिजा उनैको पक्षमा पर्ने निश्चित भएकाले समुहको आन्तरिक सकृयता यतिबेला महत्वपुर्ण ठहरिएको छ ।

समुहको निर्माणमा ढकाल समुहले देखाएको चातुर्यता हेर्दा पछिल्लो समय ढकाल पक्ष बलियो देखिए पनि प्रधानको समुह पनि कम छैन भन्ने विश्लेषण गर्नेहरु पनि पाईएका छन् । प्रधान पक्षले एशोसियट्स तर्फ ज्योती समुहका शौरभ ज्योतीलाई बलियो उम्मेदवारका रुपमा हेर्नेहरुले ढकाल पक्षका एशोसियट्स उपाध्यक्षका उम्मेदवार रामचन्द्र सांघाई यस अघि महासंघको कुनै पनि समितिको नेतृत्व नलिएकाले संघाईको सम्भावनालाई लिएर शंका गर्न थालेकाछन् । ज्योतीले यस अघि महासंघको बैंक तथा बीमा समितिको सभापति भएर काम गरिसकेका छन् ।

महासंघको आसन्न निर्वाचनलाई हेरेर बसेका महासंघकै कतिपय दिग्गजहरु वस्तुगततर्फका उम्मेदवारहरु अञ्जन श्रेष्ठ र किशोरलाल प्रधानबीच ‘नेक टू नेक’ प्रतिस्पर्धा रहेको विश्लेषण गर्न थालेका छन् । दुवै उम्मेदवारलाई महासंघमा सम्भावना भएका नेताका रुपमा लिईन्छ । योगदान भएका उम्मेदवार मानिन्छन् ।

जिल्ला नगर उपाध्यक्षका लागि चुनावी प्रतिस्पध्र्दामा रहेका महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी र काठमाण्डौ चेम्बरका अध्यक्ष दिनेश श्रेष्ठ बीच पनि गतिलै प्रतिस्पर्धा हुने देखिएको छ । दिनेश श्रेष्ठको प्रदेश २ र बागमती प्रदेश अन्तर्गतको जिल्ला, नगर समूहमा प्रभाव रहेको र तिवारीको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्ला नगरमा प्रभाव रहेकै कारण पनि यि दुईमा को अगागि भन्न सकिने स्थिती रहेको छैन । तथापी अनको विरुध्दमा रहेका हरु यस अघि पटक पटक महासंघको निवाएचनमा पराजय भोगका श्रेष्ठले पुरानै नियति भोग्नु पर्ने बताउँदै आएका छन् ।

यस अभि कहिल्यै समुहगत निर्वाचनको अध्यास नभएको महासंघमा यस पटक समुह नै बनाएर उम्मेदवारहरु चुनावि मैदानमा उत्रिएका कारण मतदाताहरुले यो पहिलो अभ्यासलाई कसरी बुझ्दछन् भन्ने कुराले वरिष्ठ उपाध्यक्षको परिणाम तय गर्ने निश्चित छ । महासंघको परम्परा नै बन्न नसकेको समुहगत प्रतिस्पध्र्दालाई मतदाताले स्विकार नगरेको अवस्थामा वरिष्ठ उपाध्यक्षको पद ढकालको पोल्टामा पर्ने सम्भावनालाई नकार्न सकिन्न । तर, मतादातारुमा समुहगत झुकावको लक्षण देखिएमा यसकमो पुरै लाभ भने वरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधानलाई नै हुनेछ ।

योसँगै यो निर्वाचनमा जातिय र क्षेत्रिय प्रभावले पनि काम नगर्ला भन्न सकिन्न । महासंघको आन्तरिक राजनीतिमा यो बिगतमा पनि प्रभावशाली देखिएको हो । महासंघमा यस अघि पनि नेवार र मारवाडी भनदै जातिय र क्षेत्रिय आधारमा राजनीति नभएको हैन । यस अर्थमा हेर्ने हो भने प्रधानको समुहले यो भावनालाई पुर्णत आत्मसात गरेको पाईन्न । जबकी, ढकाल समुहले नेवार, मारवाडी र अन्य जातिय वर्गलाई पनि समेटेको पाईन्छ । प्रधानको समुहमा प्रमुख पदहरुमा सबै नेवार समुदायबाट उम्मेदवार हुनु र ढकालपक्षले प्रमुख पदहरुमा सबैखाले जातिय समुदायको प्रतिनिधित्व गराउनाले पनि यतिबेलासम्म ढकाल समुह नै प्रभावशाली जस्तो देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);