उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा आजबाट सुरु

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा बिहीबारबाट राजधानीमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भर्चुअल उद्घाटन गरपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा सुरुभएको हो ।

कोरोनाका कारण गत चैतदेखि प्रभावित हुँदै आएको महासंघको साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनबाट नेतृत्व चयनको प्रक्रियाले ८ महिनापछि औपचारिकता पाउने भएको हो । महासंघको ५४ औँ साधारणसभा वार्षिक साधारणसभा सहित महासंघको नयाँ कार्यसमिति समेत चयन हुनेछ ।

मंसिर १२ गते भर्चुअल माध्यमबाटै महासंघको साधारणसभाको बन्द सत्र कार्यक्रम सञ्चालन गर्ने र मंसिर १३ गते शनिवार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीकै बीच हुदै गरेको महासंघको साधारणसभा तथा निर्वाचनका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुदैछ । अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै ५४औं साधारणसभा पछि महासंघको अध्यक्ष हुनुहुने छ ।

महासंघको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा १ हजार १ सय ५७ जनाले मतदान गर्ने छन् । महासंघको नेतृत्वका लागि दुई प्यानमा हुँदै गरेको निर्वाचनको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);