कपिलवस्तु नगरपालिकास्थित एक पेट्रोल पम्प सिल | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

कपिलवस्तु नगरपालिकास्थित एक पेट्रोल पम्प सिल

petrol oli

कपिलवस्तु, १३ मंसिर । कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प सिल गरिएको छ । अनुमति नलिई पेट्रोल बेचेको पाइएकाले पम्पलाई सिल गरिएको हो ।

आयल निगमको केन्द्रीय कार्यालय र लुम्बिनी प्रादेशिक कार्यालयको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दा ईजाजत नलिई पेट्रोल बेचेर गैर कानूनी काम गरेको पाइएकाले कारबाहीका लागि पम्प सिल गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताउनुभयो ।

उक्त पम्पलाई कपिलवस्तु नगरपालिका–५, डंगरीस्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पले पेट्रोल बेचेकाले आदिशक्ति माता पम्पलाई पनि सिल गरिएको छ ।

कान्दू पेट्रोल पम्पलाई ४ हजार ५०९ लिटर पेट्रोल उपलब्ध गराएको अनुगमनका क्रममा देखिएको थियो । इजाजत बिनै पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको देखिएपछि निगमको पेट्रोलियम पदार्थ बिक्रेता नियामावली(२०७५ को दफा २९ (ग) कार्यवाही गरिने प्रजिअ पौडेलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);