नेपाल पत्रकार महासंघको निर्वाचन सुरु, १३ हजार मतदाता | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाल पत्रकार महासंघको निर्वाचन सुरु, १३ हजार मतदाता

काठमाडाैं,  २५ चैत । नेपाल पत्रकार महासंघको आज देशैभर एकसाथ निर्वाचन हुँदैछ ।

महासंघको नेतृत्व चयन गर्न पहिलोपटक देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन हुन लागेकोे हो । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महासंघको नेतृत्वका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी चुनावी प्रतिष्पर्धामा छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम रहेका छन् ।

नयाँ संरचनाअनुसार सात प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुँदा त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा उपत्यका प्रदेशको संरचना बनाइएको छ भने बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । मतदान विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);