पत्रकार महासंघको निर्वाचन प्रक्रिया शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पत्रकार महासंघको निर्वाचन प्रक्रिया शुरु

नेपाल पत्रकार महासंघ

काठमाडौँ, ३ भदौ । नेपाल पत्रकार महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया शुरु भएको छ । महासंघको अधिवेशन ४ र ५ गते प्रज्ञा भवनमा हुँदै छ ।

 

अधिवेशन ४ र ५ गते हुने भए पनि नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको निर्वाचन समितिका संयोजक चिरिञ्जीवी खनालले जानकारी दिए ।

 

यस्तो छ निर्वाचन कार्यतालिका :

 

१. शनिबार १० बजे मतदाता नामावली प्रकाशन ।

२. १० देखि १२ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध ।

३. दिउँसो ३ देखि ४ बजेसम्म मतादाताको नामावलीमाथि दाबी विरोध ।

४. उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३ बजेर ४५ मिनेटमा ।

५. नयाँ नेतृत्व चयनका लागि ४ गते सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

६. मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुनेछ ।

७. महाधिवेशनले महासंघको ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

८. एक हजार ५ सय १५ जना प्रतिनिधिले निर्वाचनमा मतदान गर्नेछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);