राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, ७ माघ । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गरेको छ ।

आगामी २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले आज प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो । आज प्रकाशित मतदाता नामावली उपर साँझ ५ बजेसम्म दावी विरोधको उजुरी दिने कार्यतालिका छ । आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाउने र दावी विरोध लगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार मतदाताको अन्तिम नामावली प्रकाशन गरी माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान सञ्चालन गर्ने गरी राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका तय गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५ सय ६ जना तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षको मतभार १८ रहेको छ । राष्ट्रिय सभा सदस्यमा प्रत्येक प्रदेशबाट ८ जना गरेर जम्मा ५६ जना निर्वाचित हुनेछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);