राष्ट्रिय सभामा क–कसले उम्मेदवारी दिन पाउँदैनन् ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रिय सभामा क–कसले उम्मेदवारी दिन पाउँदैनन् !

काठमाडौं, १८ मंसिर । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा गत आम निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार भई बन्दसूचीमा नाम समावेशहरु उम्मेदवार बन्न नपाउने जनाएको हो ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रमसमेत स्वीकृत भएको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबीविरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ । त्यस्तै, पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरिने छ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह् पुस २८ गते दिइने छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);