सरकार चीनको सहयोग लिन डराउँछः ओली | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सरकार चीनको सहयोग लिन डराउँछः ओली

काठमाडौं, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताउनुभएको छ । सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै यस्तो बताउनुभएको हो ।

उहाँले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताउनु भयो । उहाँले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताउनु भयो । उहाँले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताउनु भयो । उहाँले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अबका पोल्टिकल पार्टीहरुले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरुले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ । किनभने कुनैपनि देश अर्काले आएर बनाइदिँदैन । आफ्नो देश आफैँले बनाउने हो । आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ । हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन । हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ । बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने । नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ । अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’

अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनैपनि उत्पादन हुन नसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);