सुविचारित ढंगले सरकार निर्माण गरेको ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

सुविचारित ढंगले सरकार निर्माण गरेको ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने जिकिर गर्नुभयो । सरकार ढल्छ कि भनेर सोच्न आवश्यक नरहेको भन्दै उहाँले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर हो भन्ने ठानेर काम गर्न आग्रह पनि गर्नुभयो । सरकारलाई एमालेले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताउनु भयो । आफूहरु कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडी बढ्ने उहाँको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);