विवादको हल वार्ताबाटै निकाल्नुपर्ने माग राख्दै नेकपा नेताहरु धर्नामा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विवादको हल वार्ताबाटै निकाल्नुपर्ने माग राख्दै नेकपा नेताहरु धर्नामा

Nekapa-office-dharna

काठमाडौं, १९ असार । पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् ।

पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ । नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उहाँले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताउनुभयो । नीतिलाई प्राथमिकतामा राखेर अगाडी बढेमा समस्या समाधान हुने उहाँले बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधानभएर अगाडी बढ्दा यस्तो समस्या आएको बताउनुभयो । व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरु अगाडी नबढेको भए यस्तो सममस्या नआउने उहाँले बताउनुभयो । विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।

अर्का सदस्य जगन्नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरु सल्बलाउन लागे उनीहरु एक्लो पर्ने बताउनुभयो । पार्टी विभाजनको सोच राख्नेहरुले सपना देखेपनि एक्लै हुने जिकिर गर्दै उहाँले पार्टी पंक्तिलाई कुनै क्षति नपुग्ने बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई नडराएर पार्टी एकताको पक्षमा वकालत गर्न आग्रह गर्नुभयो । सबै समस्याको समाधान सम्बाद र विधानको पालना गरेर निस्किने उहाँले बताउनुभयो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पक्ष बलियो हुँदै गएको छ । मदन जन्म जयन्तीका अवशरमा पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरु समेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टी भित्र विवाद बढेको हो ।

स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आउनुभएको छ । सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरी आउने आशंका नेकपा नेताहरुले गरिरहेका छन् । दुई अध्यक्षबीचमा छलफलका लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);