नेकपा स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेकपा स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

nekapa baithak new

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपा स्थायी समितिको बैठक यही असार २२ गते सोमबारसम्मका लागि स्थगित भएको हो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले आजको बैठक स्थगित गरिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, एमसीसी संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको भएपनि बैठक प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा अल्झिएको छ । प्रधानमन्त्री ओलीले गत आइतबार भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चुलिएको हो ।

यही विवादका कारण ओली र दाहाल सहितका नेताहरु फरकफरक धारमा उभिएका छन् । पार्टीभित्र विवाद उग्र रुप लिँदै विभाजनको रेखा कोरिँदै गएको सन्दर्भमा नेताहरुबीच सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

शुक्रबार सहमतिको प्रयासस्वरुप ओली दहालबीच छलफल भएपनि कुनै ठोस निर्णय भने निस्किन सकेन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);