नेकपा फुट्दैन, फुटाउन दिइँदैन : जनार्दन शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेकपा फुट्दैन, फुटाउन दिइँदैन : जनार्दन शर्मा

janardhan sharma

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी नफुट्ने बताउनु भएको छ । सामाजिक सञ्जालमा फेसबुकमार्फत उहाँले पार्टी फुट्दैन र फुटाउन नदिने दाबी व्यक्त गर्नुभएको हो ।

शर्माले नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र हेर्न नहुने बताउँदै राष्ट्र,देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताउनुभएको छ ।

शर्माले लेख्नुभएको छ, ‘दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ । म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइँदैन । ‘

शरमले पार्टीलाई विचार,विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु नहुने बताउनु भएको छ । उहाँले एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्नुभएको छ ।

‘कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु ।’

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);