मन्त्री अर्यालद्वारा संसद अधिवेशन अन्त्य गर्ने निर्णयको बचाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मन्त्री अर्यालद्वारा संसद अधिवेशन अन्त्य गर्ने निर्णयको बचाउ

mantri aryal

काठमाडौं, २० असार । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको बचाउ गर्नुभएको छ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले बजेट ल्याउनका लागि मात्रै संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै अहिले छलफलका कुनै एजेण्डा नभएपछि अधिवेशन अन्त्य गरिएको दाबी गर्नुभयोे ।

मन्त्री अर्यालले सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकका एजेण्डा र संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय फरक भएको उल्लेख गर्नु भयो । संसद सुरु र अन्त्य गर्ने, संसदलाई दिने विजनेश सरकारको जिम्मा भएकाले नेकपाको स्थायी कमिटिको एजेण्डासँग त्यसको कुनै सम्बन्ध नभएको मन्त्री अर्यालको भनाइ छ ।

मन्त्री अर्यालले पार्टीभित्रको विवाद संवादबाट नै समाधान हुने विश्वास समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा उहाँले संकटको समयमा सहकारीको पैसा चलायमान क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);