एमाले फूटाउन हैन जुटाउनतर्फ लाग्छौं ः नेता भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले फूटाउन हैन जुटाउनतर्फ लाग्छौं ः नेता भीम रावल

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन खोजेको आरोप लगाएका छन।

शुक्रबार काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रम्मा बोल्दै नेता रावलले ओलीले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्ने पनि बताएका छन । लामो संघर्ष र बलिदानपूर्ण जन्माएको पार्टीलाई यति सजिलै फुटाउन नदिने उनले तर्क गरेका छन ।
नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनको भनाइ छ । उनले सांसद पद जाने गरी विधि–विधान विपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरेका छन।

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । रावलले सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए ।

उनले ओलीले चालेका कदमहरु नसच्याय देशमा अस्थिरता र अराजकता मच्चिने बताए । देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप खण्डन गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);