एमाले विधि , विधानबाट चलेन , ब्यक्ति हावी : अरुण नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमाले विधि , विधानबाट चलेन , ब्यक्ति हावी : अरुण नेपाल

Arun-Nepal

काठमाडाैं । नेकपा एमालेका पोलीटब्युरो सदस्य एवंम वागमति प्रदेश सभा सदस्य अरुण नेपालले पार्टी संकटमा परेका बेला सवै पार्टीका नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिएका छन । नेता नेपालले पार्टीको विधि र विधान भन्दा कुनै ब्यक्ति माथि नभएको भन्दै नेकपा एमालेको सांख जोगाउन सिङगो पार्टी पंक्ति एक हुनुपर्नेमा जोड दिएका छन।

उनले पार्टी संचालनमा विधि र विधान भन्दा पनि एक लौटि ढंगबाट पार्टी संञ्चालन हुनुले जनताको बहुदलियबाद शिद्धान्तको बर्खिलाप भएको ठोकुवा समेत गरेका छन । संसारको कुनै पनि लोकतान्त्रिक देशमा पार्टीको विधि र विधान मिचेर जाने प्रकृया नभएको भन्दै उनले पार्टी संचालनमा ब्यक्तिबाद हावी हुनुले लोकतन्त्रको सौन्र्दयमाथिनै प्रश्न उठेको दावी गरेका छन ।

संर्वोउच्चको पछिल्लो फैसलापछि पुर्वत माओवादि र नेकपा एमाले अलग भएपनि एमालेभित्र झनै विवाद बढदो अवस्थामा रहेकाले विवाद समाधानका लागि पार्टीका शिर्षतहबाट बर्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन । पार्टीको आयोजन समिति बनाउने ब्यवस्था नभएकाले नवौ महाधिबेशनको विधानमा टेकेर संचालन गर्ने हो भने पार्टीमा देखापरेका समस्याको समाधान छिनभरमा हल गर्न सकिने बताए ।

नेकपा एमालेको सिस्टम अन्य दलको भन्दा निकै उत्कृष्ट भएको भएतापनि तत्कालका लागि पार्टीभत्र ठुलो गंजागोल भएको स्विकार गर्दे उनले भने सत्रु देशहरुको विचमा समेत बार्ता र संवादबाट समस्या समाधान गर्ने सकिन्छ भन्ने दृष्टान्त रहेको उल्लेख गर्दे उनले एमालेको घरको घरझगडा हो । नेताले चाहेमा पार्टीभित्रको समस्या छिनभरमा मिःल्न सक्ने तर्क गरेका छन ।

उनले संसारको कम्युनिष्टको साझा इतिहाँसलाई केलाउदैं भने एक चोटि शिखरमा पुगेको कमन्युष्ट पाटी फुटेमा कुनै पनि हालतमा शिखरमा पुग्न नसक्ने बताका छन । त्यसकार, पार्टी फुटाउने र जुटाउनेमा आफ्नो कुनै सहमिति नभएको र तत्काल एकाताबद्ध हुनुपर्नेमै जोड रहेका उनको भनाई रहेको छ ।

देश संविधानको अनुकुल्तामा नचल्ने भएकाले पार्टी पनि विधि र विधान विपरित चल्न नसक्ने उनको तर्क रहेको छ । प्रधानमन्त्रीले तिन दिनभित्र २७ सांसदलाई स्पष्टिकरण माग्नुभएको छ , यस सन्र्धवमा चित्तबुझने जवाफ नआए पार्टीबाट कारवाहि समेत हुने कुरामा के भन्नु हुन्छ भन्ने सवालमा ? उनले भने कुनै तुक नभएको र पार्टी खन्डिकरणमा उद्धत्त हुन खोजेको जस्तो मात्र देखिएको तर्क गर्दे दुई चार जनाको स्वार्थ परिपुर्तिका लागि बहानाबाजि भएको उल्लेख गरेका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);