राम सीतालाई देवघाटमा भव्य स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

राम सीतालाई देवघाटमा भव्य स्वागत

काठमाडौं । राम–सीता रथयात्रातनहुँ र चितवनको संगमस्थल देवघाट पुगेको छ ।

राम–सीता रथ यात्रालाई मंगलबार साँझ देवघाटमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । राम–सीतालाई स्वागत गर्न र हेर्न देवघाटमा हजारौंको संख्यामा स्थानीय उपस्थित भएका छन् । ठाउँमा–ठाउँमा जय श्री राम लेखेका व्यानर समातेर सामाजिक दूरी कायम गर्दै स्थानीयले स्वागत गरेका छन् ।

धर्मगुरुहरुले पनि राम–सीतालाई भव्य स्वागत गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट वैदिक विधिअनुसार रथयात्रासहित राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमालाई विदा गरेकाे थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा बेग्लाबेग्लै रथमा राखेर लावालस्कर सहित देवघाट पु¥याइएको हो । रथयात्रा देवघाट लैजाने क्रममा धादिङ चितवन लगायत सडकमा ठाउँठाउँमा स्थानीयले स्वागत गरेका थिए ।

रथयात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, पर्यटन सचिव यादवप्रसाद कोइराला र पशुपति विकास कोषका सचिव प्रदीप ढकाल लगायत सरकारका उच्च अधिकारी सहभागी हुनेछ ।

सो रथयात्रा आज देवघाटमै बस्नेछ । सो रथयात्रा भगवान रामको जन्मथलो चितवको माडीस्थित अयोध्यामा बुधबार मात्र पुग्नेछ । राम नवमीको अवसर पारेर बुधबार राम, सीता, लक्ष्मण र हुनमानको प्रतिमा स्थापना गरिनेछ । माडीको वडा नम्बर ८ र ९ मा पर्ने अयोध्यामा निर्माण भएको राम मन्दिरमा राम, सीता, लक्ष्मण र हुनमानको प्रतिमा स्थापना गरिनेछ । प्रतिमा स्थापना गरेपछि अयोध्यामा बुधबार विशेष कार्यक्रम गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);