राम–सीताको प्रतिक्षामा अयोध्याबासी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

राम–सीताको प्रतिक्षामा अयोध्याबासी

काठमाडौं । मंगलबार बिहान बालुवाटारमा विधिवत् रुपमा पुजा गरी पठाइएको राम सीताको मूर्ति स्थापनाका लागि आफूहरु तयार भएको चितवनका स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

‘हामीले सबै तयारी पूरा गरिसक्यौं, राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमालाई अयोध्यामा भित्र्याउन आतुर छौं’– चितवनको माडी नगरपालिका–८ का वडाध्यक्ष कृष्णराज अधिकारीको भनाइ छ ।

काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक विधिअनुसार रथयात्रासहित मंगलबार बिहान बिदा गरिएको राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमा बोकेका गाडी अहिले चितवनतर्फ जाँदै छन् । चितवनको अयोध्याबासी भने रथको स्वागतको तीब्र प्रतिक्षामा छन् ।

भगवान रामको जन्मथलो कहलिएको माडीस्थित अयोध्यामा बुधबार राम नवमीको अवसर पारेर राम, सीता, लक्ष्मण र हुनमानको प्रतिमा स्थापना गरिँदै छ । त्यहाँ स्थापना गरिने प्रतिमा प्रधानमन्त्री ओलीले बनाउन लगाएका हुन् । ती मूर्तिहरु आज वैदिक विधिद्धारा मन्त्रोच्चारण गरी काठमाडौंबाट चितवन पठाइएको छ ।

प्रतिमा स्थापना गरिने माडीको वडा नम्बर ८ र ९ मा पर्ने अयोध्यामा मन्दिर निर्माणको काम सकिएको छ । माडी–९ का वडाध्यक्ष शिवहरि सुवेदीले पनि प्रतिमा स्थापनाको सम्पूर्ण तयार पूरा भइसकेको बताएका छन् ।

अयोध्यामा आज बिहानैबाट स्वस्ती वाचनसहित यज्ञका साथै अखण्ड किर्तन र पूजा आजा पनि सुरु भएको छ । ‘पण्डितजीहरुबाट मन्त्रोचारणसहित यज्ञ सुरु भएको छ, भोलि बिहान श्रीराम संस्थाले रामायणको झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ’– उनले बताए ।

काठमाडौंबाट हिंडेका रथ आज देवघाट बस्ने छन् । भोलि बिहान अयोध्यामा रथ पुगेपछि प्रतिमा स्थापना गरिने कार्यक्रम छ । ‘हामीले सबै तयारी पूरा गरेका छौँ, अब रथ कतिखेर आइपुग्छ भनेर प्रतिक्षारत छौँ’– अध्यक्ष सुवेदीले भने ।

भोलि बिहान रथ पुगेपछि प्रतिमा स्थापना गरिने छ । त्यसपछि अयोध्यामा विशेष कार्यक्रमको आयोजना हुने छ । सो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि मञ्च व्यवस्थापन लगायत काममा आफूहरु जुटेको अध्यक्ष सुवेदीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);