बालुवाटारबाट श्री सीताराम शोभा रथयात्रा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालुवाटारबाट श्री सीताराम शोभा रथयात्रा सुरु

काठमाडौं । बालुवाटारबाट श्री सीताराम शोभा रथयात्रा सुरु भएको छ ।

चितवनको अयोध्या लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरेसँगै रथयात्रा सुरु भएको हो ।

श्री सीताराम शोभा रथयात्रा नाम दिइएको सो धार्मिक -यालीसहित सीता–रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ र भोली अर्थात बुधबार अयोध्या लगेर स्थापना गरिनेछ ।

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक संघ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन् । कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समितिले जनाएको छ ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आउनुभएको र सोहि बमोजिम अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);