सेतो मछिन्द्रनाथको रथ यात्रा आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सेतो मछिन्द्रनाथको रथ यात्रा आजबाट सुरु

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथ यात्रा आजबाट सुरु हुने भएको छ ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिने छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी देखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुने गर्दछ ।

तीनधारा पाठशाला अघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको प्रचलन रहेको छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगेर राखिन्छ ।

असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुर स्थित कालभैरव अघि लगिन्छ र तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । रथलाई शहरको भित्री भागमा तीन दिनसम्म रथलाई घुमाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । यस वर्ष पनि कोरोना संक्रमण कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी मनाउने तयारी गरीएको जात्रा ब्यबस्थापन समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा हुने धार्मिक विश्वास छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);