आज यी स्थानमा सवारी साधन निषेध | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आज यी स्थानमा सवारी साधन निषेध

काठमाडौं, १५ चैत्र । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरेको छ । महानगरको अनुसार आज रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको हो ।

चैत १५ गते रथलाई तीनधारा पाठशाला–घण्टाघर–रत्नपार्क–भोटाहिटी–असन  चैत १६ गते असन–केलटोट–इन्द्रचोक–मखन–हनुमानढोका

चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर–मरु टोल– चिकँमुगल– जैसीदेवल ज्याबहाल–लगन चोक पु¥याइन्छ ।

चैत्र १८ गते मच्छिन्द्रनाथको रथ लगन चोक

र चैत्र १९ गते लगनचोक–दलाछि–ह्युमत (जैसीदेवल–कोहिटी–भीमसेनस्थान–मरु टोल–प्याफल–याट्खा–नरदेवी–किलागल–भेडासिंह–केलटोल)

सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको थियो ।

५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ ब्जेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन, चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,
यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);