सेतो मच्छिन्द्रनाथ रथजात्रा लगन पुर्‍याईयो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सेतो मच्छिन्द्रनाथ रथजात्रा लगन पुर्‍याईयो

काठमाडौं, १३ चैत । सेतो मच्छिन्द्रनाथको रथजात्रा मंगलबार लगन पुर्‍याइएको छ । आईतबार सुरु भएको रथजात्रा मंगलबार लगन पुर्‍याइएको हो । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन यो रथजात्रा सुरु गर्ने गरिन्छ ।

मंगलबार दिउँसो हुनमान ढोकाबाट रथजात्रालाई लगन पुर्‍याइएको छ । राष्ट्रध्यक्षको रुपमा राष्ट्रपतिले मच्छिन्द्रनाथको दर्शन गर्ने प्रचलन पनि रहि आएको छ । सेतो मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरि भोज खाने चलन रहिआएको छ ।

तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा लगन पुगेपछि सम्पन्न हुन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानीको रुपमा पनि लिइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);