रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाईने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाईने

ललितपुर, २९ वैशाख । बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो भोली आईतबार देखाईने भएको छ । ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई गत २७ गते शुभसाईतमा लगनखेलबाट तानेर जावलाखेल ल्याईएको थियो । शुभसाईतमा रथलाई तानेर जावलाखेल ल्याएको चार दिन पछि भोटो देखाउने चलन छ ।

गुठी संस्थानका अधिकारीले रथको चारै तर्फ फर्केर भोटो देखाउने गर्दछन् । भोटोजात्राको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले अवलोकन गर्ने चलन छ । भोटोजात्राको अवसरमा भोलि आईतबार उपत्यकामा सार्वजनिक विदा दिईएको छ ।

बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै २ महिना सम्म मनाईने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरि शुभसाईत हेरिएको हो ।

सोही शुभसाईत अनुसार भोली आईतबार भोटो देखाउन लागिएको हो । पुलचोकबाट सुरु भएको रथजात्राको पहिलो दिन रथलाई नःटोल पु-याइन्छ । त्यसपछि महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्याईन्छ । अनि लगनखेलबाट शुभसाईत हेरेर जावलाखेल ल्याउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);