वैशाख २७ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने शुभसाइत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैशाख २७ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने शुभसाइत

काठमाडौं, २० वैशाख । बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि बैशाख २७ गतेको शुभसाईत निकालिएको छ । ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ । लगनखेलबाट जावलाखेल रथ तान्नका लागि विशेष विधिपुर्वक शुभसाईत हेर्ने चलन अनुसार जोशी गुरुहरुले बिहीबार विहान शुभसाईत हेरेका हुन् ।

परम्परा अनुसार मंगलबजारको मणिमाण्डपमा विशेष विधिपुर्वक ज्योतिषीहरु बसेर रथलाई जावलाखेलतर्फ तान्ने शुभसाइत हेरिन्छ । शुभसाईत जुरेपछि रथलाई तानेर जावलाखेल पुर्याइन्छ र त्यहाँ पुर्याएको चार दिन पछि भोटो देखाउने गरिन्छ ।

वैैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै २ महिना सम्म मनाईने यो रथजात्रा यसपटक जेठमा मलमास परेकाले छोटो अवधि भित्रै सम्पन्न गर्ने गरि शुभसाईत हेरिएको ज्योतिष कृतिकिरण जोशीले जानकारी दिए ।

पुलचोकबाट सुरु भएको रथजात्राको पहिलो दिन रथलाई नःटोल पु¥याइन्छ । त्यसपछि महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्याईन्छ । अनि लगनखेलबाट शुभसाईत हेरेर जावलाखेल ल्याउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);