'संचारमाध्यमले न्यायपालिकाको मान्यता विपरित समाचार सम्प्रेषण गरेको आरोप' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘संचारमाध्यमले न्यायपालिकाको मान्यता विपरित समाचार सम्प्रेषण गरेको आरोप’

काठमाडौं, २१ वैशाख । कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले प्रेस स्वतन्त्रताको नाममा संचारमाध्यमले स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित समाचार सम्प्रेषण गर्ने गरेको आरोप लगाएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहीबार नेपाल पत्रकार महासंघले राजधानीमा गरेको कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश जोशीले यस्तो बताएका हुन् ।

प्रेस स्वतन्त्रता विनाको लोकतन्त्रको कल्पना गर्न नसकिए जस्तै न्यायालय र संचार क्षेत्रबीच पनि फरक तर अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले न्यायालयका समाचार सम्प्रेषणमा थप संवेदनशिल हुनुपर्ने आवश्यकता औल्याए ।

जनआस्थामा टिकेको आवाजविहिनको संस्था न्यायपालिकाको कार्यहरु संचारजगतबाट सर्वसाधरण समक्ष पुग्ने भएपनि अदालतमा विचाराधिन रहेका मुद्धाका विषयलाई लिएर समाचार विश्लेषणको नाममा पक्षपातपुर्ण व्याख्या गरिनु स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित हुने उनको तर्क थियो । उनले भने ‘अदालतले न्यायको घोषणा संविधान र कानुन कै आधारमा प्रदान गर्ने हो, अदालत भनेको भुमि सुधार अड्डा होइन ।’

संचारजगत प्रतिको विश्वास र निर्भरता चुलिदै गर्दा संचारमाध्यमलाई विश्वसनियता हासिल गर्न चुनौति पनि थपिदै गएको तर्फ उनले सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);