कञ्चनपुर सीमा विवाद : कूटनीतिक पहल गर्न केन्द्र सरकारलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कञ्चनपुर सीमा विवाद : कूटनीतिक पहल गर्न केन्द्र सरकारलाई आग्रह

sima bibad

कञ्चनपुर, २० बैशाख । कञ्चनपुरको पुनर्वासलगायत प्रदेश ७ का विभिन्न ठाउँमा बल्झिएको सीमा विवाद समाधानमा कूटनीतिक पहल गर्न प्रदेश सरकारले केन्द्र सरकारलाई आग्रह गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सीमा विवाद प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने भन्दै भारतसँग कूटनीतिक पहल गर्न केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश साहले जानकारी दिए ।

कञ्चनपुरको पुनर्वास क्षेत्रमा जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमिमा तारबार लगाउने क्रममा १३ वैशाखमा भारतीय सीमा सुरक्षा बलले अवरोध गर्नुका साथै नेपालीले लगाएको तारबार उखेलेर फालेको थियो । यस्तै, कैलालीको कालाकुण्डा र फूलबारी क्षेत्रमा पनि भारतसँग सीमा विवाद देखिएको छ ।

सीमा विवाद समाधानका लागि गठन भएको दुई देशको संयुक्त नापी टोलीको समय थप्नसमेत आग्रह गरिएको साहले जानकारी दिए । यसैबीच पुनर्वास–९ मा देखिएको सीमा विवाद समाधानमा कुटनीतिक पहल गर्न माग गर्दै पुनर्वासका जनप्रतिनिधिले काठमाडौँ आएरै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);