आफ्नै घर जान पनि भारतीय अनुमति लिनुपर्ने बाध्यता ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आफ्नै घर जान पनि भारतीय अनुमति लिनुपर्ने बाध्यता !

bharatiya anumati

बाशुदेव बडु
दार्चुला, २० बैशाख । त्रिदेशीय सीमा क्षेत्र ब्यासका सौका समुदायलाई आफ्नै घर पुग्न पनि भारतीय अनुमति लिनुपर्ने बाध्यता छ । यसरी भारतको बाटो प्रयोग गर्न पशुचौपाया र मानिसका लागि अलग–अलग बहुराष्ट्रिय प्रवेश अनुमतिपत्र बनाउनुपर्छ । यसरी झन्झटीलो प्रक्रियाका कारण सौकाहरु आजित बनेका छन् ।

दुई सातादेखि दार्चुलाको व्यास गाउँपालिका–१ का स्थानीयको कुञ्चा अर्थात् बसाइँसराइँ सुरु भएको छ । उनीहरु हिउँदमा छाङ्गरु र तिंकरमा हिउँ पर्ने हुनाले सदरमुकाम खलंगा सर्ने र गर्र्मीयाममा खेतीपाती र व्यापारका लागि ब्यासको छाङ्गरु र तिंकर बस्ने गर्दछन् । यहाँका छाँरु र तिंकर गाउँका स्थानीयलाई आफ्नो घर पुग्न पनि भारतीय अनुमति लिनुपर्ने बाध्यता छ । दार्चुलाको उत्तर–पश्चिम भेगमा रहेका त्रिदेशीय सीमाका ब्यासीहरू सदरमुकामबाट आवतजावत गर्न भारतको अनुमति लिएर भारतीयको मार्ग प्रयोग गरिरहेका छन् ।

उनीहरु दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल हुँदा ५ दिन भारतको बाटो यात्रापछि गर्व्याङ्गबाट सितापुल तरी छाङ्गरु प्रवेश गर्ने गर्दछन् । यसरी भारतको बाटो प्रयोग गर्न पशुचौपाया र मानिसका लागि अलग–अलग बहुराष्ट्रिय प्रवेश अनुमतिपत्र बनाउनुपर्छ । जिल्ला प्रशासन कार्यालय, दार्चुलाका अनुसार एक वर्षको अवधिमा ९ सय बढीले बहुयात्रा अनुमति पत्र लिएका छन् ।

बहुयात्रा अनुमति बनाउँदा जिल्ला समन्वय समितिको कार्यालयबाट फाराम भरेर जिल्ला प्रशासनको सिफारिस गर्नुपर्छ भने भारतीय एसडीएम कार्यालयबाट अनुमति जारी हुने गरेको छ । एउटा बहुयात्रा अनुमतिको छ महिना म्याद हुने गरेको छ । नेपालको दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको बसोबास व्यासको छांरु गाउँमा १२० तथा तिंकरमा ५० गरी करिब १७० भन्दा बढी परिवारको बसोबास रहेको छ ।

पञ्चायतकालमा नेपाल सरकारले दार्चुला तिंकर बाटो निर्माणका लागि कामदारको ८ वटा समूह बनाएर जिम्मेवारी दिएको थियो । तर, सडक निर्माणको काम अहिलेसम्म हुन सकेको छैन । बरु सडक निर्माणको नामा वर्षेनी छुट्याइने बजेट भने अपचलन भइरहेको सौकाहरु बताउँछन् ।

आफ्नै भूमिमा जान पनि भारतको अनुमति लिनुपर्ने बाध्यताले आफूहरुलाई सरकार छ भन्ने अनुभूति नै हुन छाडेको उनीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);