दार्चुलाका ब्याँसी सौकाहरु चिसो छल्न सदरमुकाम झर्दै,नेपालतर्फ बाटो नहुँदा भारतको प्रयोग गर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दार्चुलाका ब्याँसी सौकाहरु चिसो छल्न सदरमुकाम झर्दै,नेपालतर्फ बाटो नहुँदा भारतको प्रयोग गर्न बाध्य

बाशु देव बडू, मंसिर २ दार्चुला । नेपालतर्फ बाटो नहुँदा भारतको बाटो हुँदै दार्चुलाका ब्याँसी सौकाहरु चिसो छल्न ब्याँस १ बाट सदरमुकाम खलंगा झर्न थालेका छन् । ६ महिना ब्याँस १ को तिंकर र छाङरुको बसाई पछी चिसो छल्न दार्चुला सदरमुकाम खलंगा झर्न थालेका हुन् ।

दार्चुलाका ब्याँसी सौकाहरु ६ महिना ब्याँस १ को छाङरु र तिंकर बस्ने तथा ६ महिना दार्चुला सदरमुकाम खलंगा बस्ने गर्दछन् । बसाई सर्नका लागी नेपाल तर्फ बाटो नहुँदा ब्याँस १ छाङरुबाट सितापुल तरि भारतको गव्र्याङ प्रवेश गरी ५ दिनभारतको बाटो यात्रा गर्दै भारतको धारचुलाबाट सदरमुकाम खलंगा स्थित झोलुंगे पुल तर्दै दार्चुला प्रवेश गर्ने गर्दछन् ।

यसरी भारतको बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयको सिफारिश माभारतको धारचुला स्थित तहसिल बाट अनुमति पत्र लिनु पर्ने बाध्यता रहेको छ । पंचायतकालमा दार्चुला खलंगाबाट १२ महिना चल्ने घोरेटो बाटो रहेको र भारतिय सौका समुदायहरु भारत तर्फ बाटो नहुँदा नेपालको बाटो प्रयोग गरी ब्याँस क्षेत्रमा आवतजावत गर्ने गरेको स्थानियले बताएका छन् ।

भारतले अतिक्रमण गरेको भुमी कालापानी, नाबी, कुटी, गुंजीसम्म सडक विस्तार गरी सकेको छ भने नेपालतर्फ पैदल हिड्ने बाटो नहुँदा ब्याँस गा.पा.का स्थानियहरु मर्कामा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);