नेपालको दार्चुलाको आकाशमा भारतीय हेलीकप्टरको रेकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालको दार्चुलाको आकाशमा भारतीय हेलीकप्टरको रेकी

वाशु देव बडू,
दार्चुला । विगत एक साता यता भारतीय गैर सैनिक हेलिकप्टर दार्चुला सदरमुकाम खलंगा माथि आकाशबाट उड्ने गरेको छ ।

दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल सरकारका संवेदनशिल निकाय नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल ४४ नं. गण हेडक्वाटर, जिल्ला प्रशासन कार्यालय दार्चुला र राष्ट्रिय अनुसन्धान विभाग कार्यालय दार्चुलाको माथि आकाशमा कम उचाईबाट भारतिय गैर सैनिक हेलिकप्टर उडिरहेको हो ।

हेलिकप्टर उडेको सम्बन्धमा दार्चुला स्थित जिल्ला सुरक्षा समितिले भारतको पिथौरागढ प्रशासनलाई सूचना विना हेलिकप्टर उडेको भनी बिहीबार नै पत्राचार गरिसकेको भए पनि अहिले सम्म सो पत्रको जवाफ प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । पत्राचार भए पश्चात पनि शनिबार दिउँसो उक्त भारतिय हेलिकप्टर दार्चुलाको आकाशमा पुनः उडेको थियो ।

यसरी हेलिकप्टर उडेको बारे जिल्ला सुरक्षा समितिले बिहीबार नै नेपाल सरकार गृह मन्त्रालयलाई जानकारी गराई सकेको भए पनि हेलिकप्टरले नेपाली आकाशमा उड्न छोडेको छैन । भारतिय हेलिकप्टरले बारम्बार रेकी गरिरहँदा स्थानिय भने त्रसीत बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);