पहिरोले महाकाली लोकमार्ग अवरुद्ध, सदरमुकामसँग सम्पर्क टुट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध, सदरमुकामसँग सम्पर्क टुट्यो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ दुधलिङगाडमा आज बिहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

बिहान साढे ६ बजेतिर सडकमाथिबाट खसेको पहिरोले महाकाली लोकमार्गको एक सय मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिए ।

महाकाली लोकमार्गभन्दा माथिल्लो क्षेत्रमा निर्माण गरिएको ग्रामीण सडकबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको उनले बताए ।

दार्चुला सदरमुकाम खलंगालाई तराईका जिल्ला तथा संघीय राजधानी जोड्ने एकमात्रै सडक अवरुद्ध हुँदा विहानै छुटेका लामो दुरीका सवारी र यात्रु अलपत्र परेका छन् । सडक खुलाउन विहानदेखि जेसीबी लगाइएको भए पनि तत्काल सडक खोल्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

भदौ महिनाको सुरुदेखि महाकाली नगरपालिका ९ दत्तुमा पहिरो खस्दा महाकाली लोकमार्ग एक हप्तासम्म अवरुद्ध बनेको थियो ।

बिहीबार मात्रै दत्तुमा खोलिएको भए पनि शनिबार शैल्यशिखर ६ मा पहिरो खस्दा दार्चुला सदरमुकाममा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य सामान आयातमा समस्या भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);