म्याजिक सिनेमा हलमा लागेको आगो २ घण्टामा नियन्त्रणमा आयो, २ करोड क्षति भएको अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

म्याजिक सिनेमा हलमा लागेको आगो २ घण्टामा नियन्त्रणमा आयो, २ करोड क्षति भएको अनुमान

बिनोद आचार्य

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ को झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा शनिबार विहान ९ः२० देखि लागेको आगो ११ः२० मा नियन्त्रणमा आएको छ । सिनेमा हलमा ‘करेन्ट सर्ट’ भएर आगलागी भएको प्रहरी चौकी कान्छिचौकले जनाएको छ ।

आगलागीबाट सिनेमा हलमा रहेका सम्पूर्व पूर्वाधारहरु जलेर नष्ट हुँदा झण्डै २ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, कोशी गाउँपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएकोे प्रहरीले जानकारी दिएको छ ।

समयमा नै आगो नियन्त्रणमा आएका कारण सिनेमा हल नजिकका अन्य घरमा आगो फैलन नपाएको प्रहरीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);