हेटौँडाकाे ओम्याक्स सिनेमा हलमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हेटौँडाकाे ओम्याक्स सिनेमा हलमा आगलागी

करिव १० करोड बराबरको क्षति भएको अनुमान :

मकवानपुर, २३ साउन । हेटाैँडा उपमहानगरपालिका स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । नयाँ प्रविधिको प्रयोग गरेर स्थापना गरिएको हलमा बुधबार बिहान आगलागी भएको हो ।

बिहान करिव नौं बजेबाट सुरु भएको आगलागी ४ घण्टापछि नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणका लागि हेटौँडा महानगरपालिका, नेपाल आयल निगम अमेलखगंज र वीरगंज उपमहानगरापालिकाको दमकल प्रयोग गरिएको छ ।

आगालागीबाट हलको भित्री भाग सबै जलेर नष्ट भएको हल संचालक राममान भण्डारीले जानकारी दिए । आगलागीबाट करिव १० करोड बराबरको क्षति भएको अनुमान छ । आगो विद्युत सर्ट भई लागेको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

२ तल्ले भवनको सबै भाग आगोले सखाप पारेको छ । नेपाल चलचित्र बिकास बोर्डका केन्द्रीय सदस्य नरेन्द्र महर्जनको व्यवस्थापनमा हल सञ्चालन हुँदै आएको थियो । ४ सय सिट क्षमताको सो हल ७ वर्ष अघि स्थापना गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);