परिपक्व नभई सूचना नदिन मन्त्री पण्डितको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

परिपक्व नभई सूचना नदिन मन्त्री पण्डितको निर्देशन

lalbabu pandit

काठमाडौं, २३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिपक्व नभई सूचना नदिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री पण्डितले आलोकाँचो सूचनाले परिणाम राम्रो नदिने भन्दै समय आएपछि मात्रै सूचना दिन मातहतका निकायलाई सचेत गराएका छन् । उनले मन्त्रीपरिषदको निर्णय २४ घण्टासम्म नदिने कानुनी प्रावधान रहेको स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुसँगको सूचनाको हकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सूचना समय नआई दिँदा त्यसले सरकारलाई अप्ठयारोमा पार्ने गरेको बताए ।

संचारकर्मीहरुले आलोकाँचो सूचना मागेर अप्ठयारोमा पार्ने गरेको उनको गुनासो छ । मन्त्री पण्डितले परिपक्व भएपछि भने सूचना दिन कन्जुस्याई गर्न नहुने बताए । उनले सूचनाको हक पाउने नागरिकको अधिकार हनन् हुन नदिन सरकार सचेत रहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);