बैशाखदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनमा रोक लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैशाखदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनमा रोक लगाइने

काठमाडौं, २२ फागुन । सरकारले आगामी बैशाखदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनलाई महानगरपालिका र उपमहानगरपालिका प्रवेशमा रोक लगाउने व्यवस्था गरेको छ ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वायु प्रदुषण जाँचपास नभएका सवारी साधनलाई बैशाख १ गतेबाट महानगरपालिका र उपमहानगरपालिका प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको जानकारी गराए ।

काठमाडौं महानगरपालिका र देशका विभिन्न भागमा वायु प्रदुषणले मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारिरहेका बेला मन्त्री पण्डितले बैशाख १ गतेबाट सरकारले वायु प्रदुषण हुन नदिन हरियो स्टिकर लगाएको सवारी साधनमात्रै संचालन गर्न अनूमति दिने आवश्यक व्यवस्था मिलाएको स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले हरियो स्टिकर लगाएका सवारी साधन समेत प्रदुषण जाँचपासमा फेल भएको पाइएको उल्लेख गर्दै त्यस्ता स्टिकर वितरण गर्ने कर्मचारीलाई समेत कार्वाही गर्ने चेतावनी दिए । मन्त्री पण्डितले सरकारले वायु प्रदुषण गर्ने प्लाष्टिकका उद्योगहरु संचालनमा पनि रोक लगाउने तयारी गरिरहेको उनले बताए ।

मन्त्री पण्डितले वातावरणलाई स्वच्छ बनाउने गरी अनुगमन गर्न निर्भयताका साथ लागि पर्न पनि सम्बन्धित निकायलाई पुनः निर्देशन दिए । उनले कानुन अनुसार वातावरण प्रदुषण गर्ने निकायलाई दण्डसजाय दिन आफू तयार रहेको स्पष्ट पारे ।

मन्त्री पण्डितले माक्स लगाउन नपर्ने गरी वातावरणलाई स्वच्छ राख्न आफूले सम्बन्धित निकायलाई नियन्त्रण, अनुगमन र दण्डसजायको उपयुक्त विधि सक्रीयतापूर्वक लागू गर्न पनि सचेत गराएको जानकारी गराए । उनले दण्डहिनता भित्र हुर्केर जे पनि गर्न पाइन्छ भन्ने छुट अव कसैलाई पनि नहुने बताए ।

मन्त्री पण्डितले वातावरणलाई मानवमैत्री बनाउन आफूले मापदण्ड नपुगेका ११ वटा संघ, संस्थालाई जरिवान गर्नु परेको स्मरण गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);