संविधानका आधारभूत संरचनामा परिवर्तन गर्नु हुन्न : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संविधानका आधारभूत संरचनामा परिवर्तन गर्नु हुन्न : देउवा

sherbahadur deuba

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम नगर्न सरकारलाई सुझाव दिएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवाले सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै संविधानको आधारभूत संरचना नै भत्काउने गरि संविधान संशोधन नगर्न सरकारलाई सचेत गराएका हुन् ।

उनले संविधान संशोधन गर्नुपर्छ भन्नेमा आफुहरु सहमत र सकारात्मक रहेपनि आधारभूत संरचना नै भत्काउने प्रयास भए स्वीकार्य नहुने बताए ।

नेता देउवाले अदालतलाई तर्साउने धम्क्याउने र प्रेसलाई तर्साउने धम्क्याउने विषय लोकतन्त्रवादी नहुने भन्दै वामगठबन्धनको सरकारलाई स्वतन्त्र न्यायालय र प्रेस स्वतन्त्रताप्रति पनि सचेत रहन आग्रह गरे । उनले सत्तापक्षले प्रतिपक्षीलाई गर्ने व्यवहार हेरेर आफुहरु अघि बढ्ने बताए ।

प्रधानमन्त्री केपी ओलीले आफुलाई चुनाव नै गराउनुहुन्न भन्ने गरेको स्मरण गर्दै उनले निर्वाचन सम्पन्न भएपछि मुलुकको प्रधानमन्त्री भएकोमा ओलीलाई बधाई तथा शुभकामना दिए । उनले असहज र अप्ठ्यारो अवस्थामा पनि प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउन सकेकोमा आफुलाई सन्तोष लागेको बताए ।

नेता देउवाले संविधान जारी गर्दाको समयमा संविधान राष्ट्रहित विपरित छ भन्नेहरुले पनि अहिले समर्थन गरेको देख्दा आफुलाई खुसी लागेको बताए । २००७ सालको परिर्वतन देखि नेपाली कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन प्रक्रिया अघि बढेको भन्दै उनले मुलुकको सम्वृद्धि र आर्थिक विकासका लागि आफुहरुको सधै समर्थन रहने विश्वास दिलाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);