संवैधानिक परिषद्को बैठक बहिष्कार गर्ने कांग्रेसको घोषणा (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

संवैधानिक परिषद्को बैठक बहिष्कार गर्ने कांग्रेसको घोषणा (विज्ञप्तिसहित)

अन्य सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन देउवाको आग्रह,

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषद्को बैठक बहिष्कार गर्ने घोषणा गरेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आफू बैठकमा सहभागी नहुने घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्था रहेकाले बैठकमा सहभागी हुन नसक्ने उल्लेख गरेका छन् । यस्तै उनले परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन आग्रह गरेका हुन् ।

देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् ।

देउवाले संसद्लाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य सरकारले गरेको आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);