ठूला पार्टी मिल्दैमा कांग्रेस हल्लिदैँन : प्रकाशमान (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ठूला पार्टी मिल्दैमा कांग्रेस हल्लिदैँन : प्रकाशमान (भिडियोसहित)

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई ठूला पार्टीको एकताले नेपाली कांग्रेसलाई असर नपर्ने बताएका छन् । तरुण दल काठमाडौंले शनिबार गरेको जिल्लास्तरीय सम्मान तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिल्दैमा नेपाली कांग्रेसको आस्था र वजनमा कमि नआउने बताएका छन् ।

उनले नेपाली कांग्रेसको मुल्य, मान्यता र सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्न सक्ने हो भने फेरी पनि जनताको विश्वास आर्जन गर्न सकिने बताए । विगतमा मुलुकमा भएका ठूला ठूला परिर्वतनमा नेपाली कांग्रेसले अग्रणी भुमिका निर्वाह गरेको भन्दै उनले नेतृत्व तहबाट नै पार्टीको आर्दश र सिद्धान्तलाई केन्द्रमा राखेर काम गर्ने हो भने फेरी पनि जनताले कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गराउने दाबी गरे ।

नेता सिंहले स्पष्ट बहुमत रहेको भन्दै घमण्ड गर्नुको सट्टा विधि, विधान र प्रक्रियागत ढंगले अघि बढ्न सरकारलाई सचेत गराएका छन् । उनले संघीय संसद कार्यसञ्चालन नियमावलिमा सत्तारुढ दलले सहमति तोडेर बहुमतको अहम् देखाएको टिप्पणी गरे ।

मस्यौदा समितिमा सहमति भईसकेका विषयमा संशोधन प्रस्ताव दर्ता गरेर सत्तारुढ दलले नेपाली कांग्रेसका बारेमा भ्रम फैलाउने काम गरेको उनको आरोप छ । यातायात व्यवसायीलाई तर्साउने, धम्काउने र हत्तोत्साही गर्ने सरकारी गतिविधिको विरोध गर्दा कांग्रेस सिण्डिकेट पक्षधर भनी आरोप लगाउने काम भएको सिंहले बताए । हेर्नुस् भिडियो>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);