८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित नीति तथा कार्यक्रम अाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित नीति तथा कार्यक्रम अाउँदै

aarthamatralaya

काठमाडौं, ५ जेठ । सरकारले आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याउँदैछ । सरकारको आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नेछन् ।

आर्थिक वृद्धिदरबाट आगामी ९ वर्षमा अर्थतन्त्रको आकार दोब्बर बनाउँदै सन् २०३० सम्ममा नेपालीको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पु-याउने लक्ष्य राखिएको छ।

आगामी १० वर्षको विकास यात्रालाई ऊर्जा दशकको रूपमा अघि बढाउँदै देशैभर लोडसेडिङ अन्त्य गरी विद्युतमा आत्मनिर्भर हुनेतर्फ ठोस कदम चाल्न नीति तथा कार्यक्रमले जोड दिएको छ ।

उत्पादनशील क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने गरी योजनाहरु तर्जुमा गरिएको छ । ऊर्जा तथा जलस्रोत र अन्य पूर्वाधार विकासमा जोड दिँदै कृषि, वन र पर्यटन क्षेत्रको दिगो विकास गर्दै कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यान्वयन गर्न आगामी १० वर्षको विकास यात्रालाई ऊर्जा दशकको रूपमा अघि बढाउने तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);