कांग्रेसको सभापति अब मै हुन्छु : नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसको सभापति अब मै हुन्छु : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको समयमा हुने र आफू त्यसमा सभापतिको उम्मेद्वार हुने दाबी गरेका छन् ।

नेता सिंहले कांग्रेसको वैधतालाई कायम राख्न भदौ ७ देखि १० को मितिमा नै १४ औं महाधिवेशन सम्पन्न हुने बताएका छन् । साथै उनले आफूले नै सभापति पद दाबी गर्ने समेत बताए । उनले भने –‘कांग्रेसको विद्यार्थी संथठनको नेता भइसकेँ, कांग्रेसको केन्द्रीय सदस्य भईसकेँ, महामन्त्री भईसकेँ, उपसभापति भईसकेँ त्यसैले अब सभापति हुने पालो मेरै हो ।’ माउण्टेन टेलिभिजनको कार्यक्रम अतुल्यमा अन्तरवार्ता दिने क्रममा मन्त्री सिंहले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको वैधानिकतामा नै सवाल खडा हुने भएकाले तोकिएको समयमा नै १४ औं महाधिवेशन हुनुपर्ने नेता सिंहको अडान छ । सिंहले भने –‘प्रजातन्त्र प्राप्तिका लागि लामो संघर्ष गरेको पार्टी नै अवैध घोषणा भयो भने प्रजातन्त्रलाई नै राम्रो हुँदैन, कांग्रेसलाई जीवन्त राख्न र वैधानिक राख्न तोकिएको समयमा नै महाधिवेशन हुनुपर्छ । ’

नेता सिंहले १३ औं महाधिवेशसबाट निर्वाचित पार्टी नेतृत्वले समग्र माग बमोजिभ पार्टीलाई सञ्चालन गर्न नसकेको र जनताको अपेक्षा अनुसार गतिविधि गर्न नसकेका कारण कांग्रेस कमजोर भएको आरोप समेत लगाएका छन् । यस्ता कारणले कांग्रेस कमजोर भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई तोडमोड गरी अपहेलना गरेको समेत जिकिर गरेका छन् ।

नेपालको संविधानअनुसार राजनैतिक दलले एक महाधिवेशन पछि अर्को महाधिवेशन ४ वर्ष भित्र या एक वर्ष समय थप गरी ५ वर्ष भित्र सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई उल्लेख गर्दै नेता सिंहले अहिले कोरोना महामारीको परिस्थितीलाई ध्यानमा राखी आवश्यक सावधानी र विश्व स्वास्थ्य संगठनको मापदण्ड कायम गरी महाधिवेशन सम्पन्न गर्नु पर्ने बताए ।

पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने र पार्टीलाई संस्थागत गर्नुपर्ने अहिलेको आवश्यकता रहेको नेता सिंहको तर्क छ । नेता सिंहले आफ्नो नेतृत्वमा पार्टी संस्थागत हुने समेत दाबी गरेका छन् । साथीभाईसँगको सल्लाह पछि सभापति दाबी गर्ने उनले बताए ।

यता, प्रमुख प्रतिपक्षीको भूमिकाको रुपमा भने कांग्रेसले जसरी पुस ५ को असंवैधानिक प्रतिनिधिसभा विघटनको विरोधमा कदम चालेको थियो अहिले पनि त्यसरी नै जाने नेता सिंहको भनाई छ । प्रधानमन्त्री संविधानलाई तोडमोड गरी तानासाह प्रवृत्तिबाट प्रतिनिधिसभा विघटन गरेको बताउँदै नेता सिंहले कांग्रेसले त्यसको विरोध गर्दै आएको बताए ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री पदको गरिमा, जिम्मेवारी अनुसार विधी तथा कानुनी प्रक्रिया अनुसार चल्न नसकेको उनको भनाई छ । नेपालको राजनीतिमा प्रधानमन्त्रीले संविधानलाई तोडमोड गर्ने, आफू नै संविधान, आफू नै कानुन र आफूले भनेको मात्र हुन्छ भन्ने सोचका कारण र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि त्यसमा साथ दिएकाले देश यस्तो अवस्थामा पुगेको नेता सिंहको आरोप छ ।

न्यायापालिकाले फेरि पनि प्रतिनिधिसभा पुनर्गठन गरेपछि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण गरी निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयार गर्ने नेता सिंहको भनाई छ ।

पत्रकार तिर्थ कोइरालाद्वारा लिइएको कांग्रेस नेता प्रकाशमान सिंहको अन्तर्वार्ताको पुरा अशं आज बेलुकी ९ बजे कार्यक्रम अतुल्य माउण्टेन टेलिभिजनमा प्रशारण हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);