बास्कोटाको कटाक्ष– देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ, निरंकुश कसले भन्दो रहेछ ? हामी पनि हेरौं त | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

बास्कोटाको कटाक्ष– देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ, निरंकुश कसले भन्दो रहेछ ? हामी पनि हेरौं त

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौका पाए डेढवर्ष महाधिवेशन सार्ने बताएका छन् ।

पूर्वसञ्चार मन्त्री समेत रहेका बास्कोटाले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । बास्कोटाले कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोजेको आरोप समेत लगाएका छन् ।

नेपाली कांग्रेसको अधिवेशन स्थगित भएकार महाधिवेशनको कार्यतालिका समेत प्रभावित बनिरहेका बेला बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् । कांग्रेसले भदौ १६देखि १९ सम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । तर क्रियाशील सदस्यता विवादका कारण तोकिएको समयमा महाधिवेशनमा संशय बढेको स्वयम् कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बिहीबार मात्रै बताएका थिए ।

यस्तो अवस्थामा कांग्रेसले मौका पाए डेढ वर्ष महाधिवेशन सार्ने र नपाए अव वडा तहको गर्ने बास्कोटाको विश्लेषण छ । उनले कांग्रेसले पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकमा मात्रै सिधै महाधिवेशन गर्ने तर्क गरे । यसरी समयमा महाधिवेशन विधान अनुसार सम्पन्न नगर्दा पनि देउवालाई कसैलाई निरंकुश नभन्ने र उनको निर्णय प्रजातान्त्रिक नै हुने भने बास्कोटाले कटाक्ष गरेका छन् ।

बास्कोटाले लेखेका छन्–‘‘मैले त पहिल्यै भन्या छु–कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढवर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ । तर पालिका र जिल्ला तहको अधिवशेन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छ । देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ? हामी पति हेरौं त ’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);