नेपाल–दाहालको समीकरणलाई जनताले चुनावमा कोल्याप्स हान्दिए भने सक्योः नेता बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल–दाहालको समीकरणलाई जनताले चुनावमा कोल्याप्स हान्दिए भने सक्योः नेता बास्कोटा

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षड्यन्त्र समाप्त भएको बताएका छन् ।

पूर्वमन्त्री बास्कोटाले सामाजिक सञ्जालमार्फत जननिर्वाचित सरकारलाई अप्राकृतिक समीकरणबाट गोलचक्करमा रिङगाउने षड्यन्त्र समाप्त भएको बताएका हुन् । उनले लेखेका छन् –‘जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षड्यन्त्र समाप्त। ’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेको सन्दर्भमा बास्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो ईच्छा अनुरुपको समीकरण बनाई चुनावमा जान सुझाएका छन् । नेता गौतमले नेपाल र दाहाललाई इच्छा अनुसारको समीकरण बनाई चुनावमा ‘जनताले कोल्याप्स हान्दिए’ भने सकिने भन्दै खिस्सी समेत गरेका छन् ।

उनले ट्वीट गरेका छन् –‘अव माधव–प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बताउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो ।

नेता बास्कोटाले अहिले आएर गुनासोको काम नभएको भन्दै विधी पद्धतीलाई कर्णालीमा लगेर सेलाउन समेत सुझाएका छन् । ‘गुनासोको काम छैन । विधी पद्धती लगेर कर्णालीमा सेलाउनु ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);