जनताको समस्या हल गर्न आफू तत्पर रहेको नेता रिजालको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

काठमाडौँ, २८ मंसिर। कांग्रेस नेता मिनेन्द्र रिजालले मोरङका जनताले आफुलाई मोरङको विकासका लागि चुनेको बताएका छन्।

मोरङ क्षेत्र नं २ को विकासको लागि जनताले आफूप्रति विश्वास गरेकाले अब विकास र समृद्धिका लागि काम गर्ने बताए। उनले मोरङ क्षेत्र नं २ मा रहेका जति पनि समस्याको हल खोज्ने विश्वास दिलाएका छन्।

नेता रिजालले जनताले विश्वास गरेर निर्वाचित गराएकाले आफूले पनि यस क्षेत्रको धेरैभन्दा धेरै विकास गर्न सकौं भन्ने कामना गरेको बताएका छन्।

बिहिबार विराटनगरमा आफू विजयी भएको प्रमाण पत्र ग्रहण गरेपछि उनले मोरङ क्षेत्र नम्बर २ का जनताको अपेक्षा धेरै रहेकाले त्यसलाई पूरा गर्न प्रदेशसभाबाट निर्वाचित सांसदहरूसँग पनि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

 

ताजा समाचार